मृतकमा कोरोना पुष्टि

रुपन्देही । बुधबार मृत्यु भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोटहीमाई गाउँपालिका वडा नंं। ८ का ४२ वर्षीय पुरुषको बुधबार साँझ ६ बजे बुटवलमा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको थियो ।

कोरोना परीक्षणका लागि बुधबार नै स्वाब लिइएकोमा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । उनमा श्वास प्रश्वास र उच्च ज्वरोको समस्या थियो ।

कमेन्टहरु
Loading...