पछिल्लो २४ घन्टामा थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १ हजार ९ सय ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार ९ सय ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७९  हजार ७२८ पुगेको छ ।हाल नेपालमा २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९ सय ४७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा ९ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । नेपालमा हाल २ सय २० जनाको आइसियु तथा २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्ला नेपालमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका जिल्लाहरु हुन् । त्यस्तै मनाङ, मुस्ताङ, डोल्पा तथा मुगु जिल्ला कोरोनामुक्त जिल्लाहरु हुन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ।

६ वटा जिल्लाका १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको हो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कमेन्टहरु
Loading...