संखुवासभामा आचारसंहिता उल्लंघन

संखुवासभा– एमालेले निर्वाचन आचारसंहिता २०७० को उल्लङघन गर्दै खाँदबारी,तुम्लिङटार,मानेभञ्याङ र चैनपुर बजारमा कात्तिक २९ गते माईकिङ सहित मोटरसाईकल ¥याली निकालेको छ । मंसिर पहिलो हप्तामा एमाले पुग्छ सत्तामा, भोट के मा सुर्यमा जस्ता नारा लगाउदै माईकिङ सहित खाँदबारी लगायतका बजारबजारमा निस्किएको मोटरसाईकल ¥यालीले बजारको टुडिखेल भेला भएरको थियो । त्यस्तै कात्तिक २९ गते खाँदबारीमा आयोजना गरिएको चुनावी सभामा बालवालिकाको प्रसस्त प्रयोग भएको पाइएको छ । जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने संघ संस्था प्रसस्त भए पनि सुक्ष्म पर्यवेक्षण हुन सकेको छैन निर्वाचन कार्यालयले समेत आचरसंहिता पालना गराउन लागि परेको छैन ।

कमेन्टहरु
Loading...