सहारा हङकङको ८ औं वार्षिकोत्सवको अवसरमा पोखरा वृद्धाश्रमलाई सहयोग

पोखरा । सहारा क्लब पोखराको भातृ संस्था सहारा क्लब हङकङले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखराको सितापाइलामा रहेको पोखरा वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

सहारा क्लब, हङकङका सदस्य ओम गुरुङले क्लबको तर्फबाट पोखरा वृद्धाश्रमका पूर्व अध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल समेत सहयोग हस्तान्तरण गरेका थिए ।

३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले ज्येष्ठ नागरिकहरुको लागि सानो सहयोग गरेको सदस्य गुरुङले जनाए । सहयोगी दाताबाटै पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको पालन पोषण गरिएको निवर्तमान अध्यक्ष भण्डारीले जनाए ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष बिश्वराज बराल लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...