चितवन । राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस अघि मङ्गलबार उनकी श्रीमती सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित रिपोटिङमा हिड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताए । चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।