कर्मचारीमा कोरोना संक्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

काठमाडौं । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत १ जना कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको सूचना जारी गर्दै कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म २ हजार ९ सय २७ पुरुष र १ सय ८९ महिला गरी ३ हजार १ सय १६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । रासस

कमेन्टहरु
Loading...