पोखरा, २९ कात्तिक। नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप गिरीले कम्युनिष्टहरुले संविधान बनाउन नसक्ने ठोकुवा गरे ।नेपाली काँग्रेस क्षेत्र नं.३ ले शुक्रबार आयोजना गरेको चुनावी सभामा बोल्दै छिमेकी मुलुकमा पनि कम्युनिष्टहरुले संविधान वनाएको इतिहास नभएकोले पनि नेपालमा कम्युनिष्टहरुले संविधान बनाउन नसक्ने उनको भनाई थियो ।कम्युनिष्टहरु लड्न भिड्न जानेका छन् तर संविधान बनाउन सक्दैनन् उनले भने– संविधान बनाउने नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ ।कम्युनिष्टहरु लोकतन्त्रप्रति नै धर्मराएकोले पनि उनिहरुले संविधान बनाउन नसक्ने उनको भनाई थियो । सवै कम्युनिष्टहरु एउटै हुन् उनिहरुले संविधान बनाउनै जान्नदैनन उनले भने–संविधान बनउनका लागि पनि काँग्रेसलाई भोट हाल्नुहोस्। उनले प्रचण्ड आफैले लगाएको आगोले प्रचण्डलाई नै सिध्याउने बताए । प्रचण्डले जातिय नारा उठाएर अहिले उहाँलाई नै घाट भएको छ उनले भने– जुन ठाउमा गयो त्यहि जातको प्रदेश बनाईदिन्छु भन्दै हिडेकोले पनि उहाँ उठेको सिराहका जनता आक्रोश वनि सकेका छन् ।
उनले प्रचण्डले सिराहबाट चुनाव नजित्ने समेत बताए । प्रचण्ड सधै झुटा बोल्दै हिड्ने भएकोले उहाँप्रतिको विश्वास गुमिसकेको बताए । प्रचण्डले केहि गर्थे भनेता आफुहरुले युद्ध गरेको ठाउ रोल्पामा केहि गरेर देखाए हुन्थ्यो नि, हामी त्यसको विरोध गर्दैनथ्यौ उनले भने–झुटै झुट बोल्ने भएकोले उहाँले रोल्पालाई छाडेर मधेशतिर झर्नुभएको हो । उनले एमाओवादीले जातिय पहिचानको आधारमा प्रदेशको नार उठाएर द्धन्द्ध सिर्जना गर्न खोजेको आरोप लगाए ।
मानिसको जात एउट हुन्छ तर पहिचान धेरै हुन्छन् उनले भने–यस्तो अवस्थामा जातिय पहिचानको आधारमा प्रदेश दिने भनेर जातिय द्धन्द्ध ल्याउन खोजेको छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथ पूर्व सभामुख तारानाथ रानाभाटले गुमेको अधिकार फर्काउनका लागि पनि काँग्रेसलाई विजयी गराउनु पर्ने बताए ।कम्युनिष्टहरुको अधिनायकवादका कारण नेपाली जनताले दुख पाएका छन् उनले भने–कम्युनिष्टहरुको अधिनायकवादको अन्त्य गर्न पनि काँग्रेसको जित आवश्यक छ ।
क्षेत्र नं.३ का उमेदबार सोभियतबहादुर अधिकारीले आफु क्षेत्र नं.३ का जनताको मन भित्र पसिसकेकोले पनि चुनाव जित्ने बताए । मलाई एक पटक चुनावमा विजयी गराउनुहोस् उनले भने–चुनाव जितेपछि म तपाईहरुकै सेवामा लाग्ने छु ।काँग्रेसका नेता तथा समानुपातिक उमेदबार शुक्रराज शर्माले कम्युनिष्टहरुलाई समाप्त पार्नका लागि कास्की काँग्रेसले नै नेतृत्व गर्ने बताए । कम्युनिष्टहरुले देशमा गरिवी बढाउने काम बाहेक अरु केहि गर्न सक्दैनन् उनले भने–गरिव घटाउनका लागि पनि काँग्रेसलाई विजयी बनाउनु आवश्यक छ ।