खन्दाखन्दै खसेको पहिरोमा परेर डोजर चालकको मृत्यु

प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परेर डोजर चालकको मृत्यु भएको छ ।

जिल्लाप्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालीका-१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

सडक माथिबाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन जेसिबि डोजरबाट हामफालेका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह बुढामगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनुभयो।

कमेन्टहरु
Loading...