जिमी कार्टर काठमाडौंमा

resize_imageकाठमाडौं, १ मंसिर । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर नेपाल आउँनुभएको छ । मंसिर ४ मा हुने निर्वाचनको पक्षवेक्षणका लागि उहाँ आज काठमाण्डौंमा आउनु भएको हो ।

६ दिने नेपाल भ्रमणका लागि आउन लाग्नुभएका कार्टरले निर्वाचनको पर्यवेक्षणका साथै राष्ट्रपति डा। रामबरण यादव, अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ । कार्टरले नेतृत्व गर्ने टोलीमा थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री सुरकियात साथीयन्थाई पनि रहेका छन् ।

साथीयन्थाई भने केहीबेरमा आउनुहुनेछ । उक्त टोलीले निर्वाचनका दिन राजधानीका विभिन्न मतदान केन्द्रको निरीक्षण गर्ने छन् ।

कार्टर यस अघि २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि चुनावको पर्यवेक्षण गर्न भन्दै नेपाल आएका थिए ।

कमेन्टहरु
Loading...