काठमाण्डौं १ मंसिर । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार पानै ४ बजे दुबईस्थित ग्लोवल क्रिकेट एकेडेमीको मैदानमा हुनेछ ।
पहिलो खेलमा डेनमार्कलाई ५ विकेटले पराजित गरेको नेपाल केन्याविरुद्ध पनि जितलाई निरन्तरता दिने रणनीतिमा छ ।
यसअघि विश्वकप छनोटमा यसअघि भएको भेटमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । तर, तीन पटक विश्वकप खेलिसकेको केन्यालाई नेपाली टोलीले कमजोर टोलीका रुपमा लिएको छैन ।
सन्यास लिइसकेका स्टिम किटलोलाई पुनः टोलीमा बोलाएपछि केन्यालाई बलियो टोलीका रुपमा हेरिएको छ । तर, आफ्नो पहिलो खेलमा केन्या पपुवा न्यू गिनीसँग ४ विकेटले पराजित भएको छ । इतिहास राम्रो भएपनि पछिल्लो दिनमा केन्याको प्रदर्शन राम्रो रहेको छैन ।