स्वतन्त्र उमेद्वार पहारीको प्रचार अभियान

पोखरा,२९,कात्तिक । कास्की क्षेत्र नं ३का स्वतन्त्र उमेद्वार माधव पहारीको प्रचार अभियान शुक्रवार सम्पन्न भएको छ । प्रचारप्रसार अभियान अन्तरगत पहारीले आफ्नो अवधारणापत्र क्षेत्र नं ३का हरेक घरघरमा पु¥याएको जानकारी गराएका छन् । शुक्रवार एक कार्यक्रम मार्फत् उनले १७ हजार अवधारणापत्र घरघरमा पु¥याईसकेको जानकारी गराएका हुन् ।पहारिले आफुले कसैसँगपनि प्रत्यक्ष भेटघाटमा भोट आफ्ना निम्ती नमागीकन जसको विचार वलियो छ र स्वभावमा निष्ठा छ जसले साचो अर्थमा देशको वेदानालाई वुझेको छ त्यसैलाई भोट दिन आग्रह गरेको वताउदै उनले भने —सवैकुरा माग्नेलाई दिन सकिएला तर भोट माग्नेलाई होइन वुझ्नेलाई दिनुपर्छ ।त्यसैले मैले कसैसँग पनि भोट मागिन ।

अत्याधिक दौडधुप गर्ने अन्य उमेद्वारहरु प्रति शंखा व्यक्त गर्दे पहारीले भने —दिन जाने मानिस र सेवा गर्न चाहने मानिस धेरै दौडन पर्दैन केही पाउने, केही लुट्ने र केही खोस्नेहरुमात्र वेजोडले दौडन्छन् त्यसैले विचार गर्नुहोस् ।साथै उनले को कती दौडीयो, को कतिपटक घरघरमा आयो भन्ने आधार मानेर मतदान नगरी अवधारणापत्रका आधारमा विचारलाई वुझेर मात्र मतदान गर्न अनुरोध गरेका छन् ।

आफु एक्काइसौ सताव्दिमा सत्रौ सताव्दिको शैलिले चुनाव प्रचारप्रसार नगरेको जानकारी दिदै सव्य सालिन तरिकाले संचारमाध्यमको सकारात्मक उपयोग गर्दै आफ्ना विचार जनमानस समक्ष पु¥याएको वताए । अवको समय आफुले संचारमाध्यमका लागि र आध्यात्मिक क्षेत्रका व्यक्ति तथा वुद्धिजिवीहरुसँगको भेटघाटका लागि छुट्याएको वताएका छन् । पहारीले आफ्नो चुनाव प्रचारप्रसारका लागि कसैसँग एक पैसा पनि चंदा नलिएको र आफ्नो वरीपरि झुण्ड खडा गरि नहिडेको वताउदै सोही कारण चुनाव जितेको खण्डमा आफु सिधै जनताप्रति उत्तरदायि हुन कसैले रोकतोक गर्न नसक्ने वताए ।

कमेन्टहरु
Loading...