पोखरा । बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटनाको निश्पक्ष छानविनको माग गर्दै अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसले पोखरामा विरोध कार्यक्रम गरेको छ ।
पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले अपराधलाई राजनीतिकरण गर्न नहुने भन्दै दोषिलाई कडा कारबाहीको माग गरे ।
अनेरास्वबियू केन्द्रिय सदस्य राजनशर्मा पराजुलीले बलात्कार घटना दोषीलाई फाँसी दिने गरि कडा भन्दा कडा कानुनी व्यबस्था गरिनुपर्ने बताए ।
उनले सरकारलाई दवाब दिनका लागी आन्दोलनको स्वरुपलाई अझ नयाँ ठंगबाट अगाडी बढाउने बताए ।
अनेरास्ववियू कास्की सहसंयोजक बसन्त भट्टचनले कुनैपनि अपराधलाई राजनीतिले संरक्षण गर्न नहुने भन्दै सरकारले तत्काल घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले देशभर बढ्दै गइरहेको बलात्कारका घटनालाई नियन्त्रण गर्नका लागी कडा कानुनको आवश्यकता रहेको भनाइ राखे ।