पोखरा २९ कार्तिक/नेकपा एमालेका बैकल्पिक पोलिट्ब्युरो सदस्य खगराज अधिकारीले अव नेकपा एमालेको जितलाई कसैले रोक्न नसक्ने वताएका छन्। देश ब्यापि बढ्दै गएको जनलहर र एमालेको निति अनुरुपनै भएका परिवर्तनलाई सस्थागत गर्न जनताले एमालेलाई भोटहाल्ने उनको भनाई छ । उनले ठाउँ अनुसार कुरा फेर्ने र स्थानीय जनताको बारेमा जानकारी नराख्नेहरुलाई जनताले चिनिसकेको धारणा राखे ।
नेकपा एमाले पुरञ्चौर गाऊँ कमिटीको आयोजनामा शुक्रबार पुरञ्चौरमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । नेता अधिकारीले भ्रम छरेर जनताको मन जित्न नसकिने भन्दै अव हावादरी कुरा गर्नेहरुको दिन सकिएको टिप्पणी गरे ।
एमाओवादी तर्फ लक्षित गर्दै उनले जनाधार गुमाएकाहरु अहिले जनताका विचमा अधार नदेखे पछि केही भ्रम छर्न सकिन्छकी भनेर बाहिरबाट उमेद्वार ल्याएको आरोप लगाए । त्यस्तै काँग्रेस तर्फ लक्षित गर्दै उनले कुनै जमानामा परिक्षण भईसकेका र हाल जनताको आनिवानी समेत विर्सिएकाहरुको आधार सकिएको टिप्पणी गरे । बहुपहिचान सहितको संघियताको मुद्धा बोकेको एमालेलाई संघीयता विरोधी देख्नेहरु र जातका आधारमा राज्य बन्नुपर्छ भन्नेहरु कुनै हालतमा संघीताको पक्षपाति हुन नसक्ने उनको धारणा छ ।