कास्कीमा एमाओवादीको प्रचार प्रसार

पोखरा, २९ कात्तिक/एकीकृत माओवादीले कास्कीका चारवटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई अगाडि बढाएको छ । शुक्रबार कास्कीको क्षेत्र न.१ को लेखनाथ नगरपालिका ११ बेगनासतालमा चुनावी कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दैै उम्मेदवार विष्णु पौडेलले पार्टीको एजेण्डा हेरेर भोट दिन जनतालाई आग्रह गरे ।

अहिले मुलुक नै एकीकृत माओवादीको एजेण्डामा हिडेकोले नेतृत्व पनि एकीकृत माओवादीकै हुनुपर्ने बताए । कार्यक्रममा एकीकृत माओवादीकी केन्द्रीय सदस्य कञ्चन खनालले एकीकृत माओवादीको बहुमत आउँदा एक वर्ष भित्र संविधानको सुनिश्चितता हुने ठोकुवा गरिन् । यसअघि उम्मेदवार विष्णु पौडेल सहितको टोलीले लेखनाथ–१० को बेगनास, थुम्की गाविसको सिर्कुतान, फल्याङ्कोट, पेलुङ्गा लगायतका क्षेत्रमा घरदैलो गरेका थिए ।

कमेन्टहरु
Loading...