काठमाडौं । निजी चिकित्सक तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन तथा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी प्रा.डा.दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अहिले होम आइसोलेसनमा नै रहेकी डा.शाहलाई शनिबार संक्रमण पुष्टि भएको हो । उनलाई सामान्य ज्वरो आएको तथा हल्का थकाई लागेको अनुभव भएको बताइएको छ । डा.शाहले आफूलाई कोरोना भाइरससंग मिल्दो लक्षण देखिए पछि त्रिवि शिक्षण अस्पतालमा नमुना परीक्षण गराएकी थिइन् ।
आफूले केही दिन अगाडि अनसनरत डा गोविन्द केसीसंग भेटेको भए पनि प्रधानमन्त्री केही शर्मा ओलीसंग भने नभेटेको बताएकी छिन् । प्रधानमन्त्री ओलीसंग लामो समय नभेटेको तर आफूसंग सम्पर्कमा रहेकालाई जानकारी गराइसकेको उनको भनाई छ ।