काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् ।
कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजिनामा दिएपछि बुढाथोकी आज बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेशको आधारमा अध्यक्ष चयन भएका हुन् ।
बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।