निर्वाचन स्थगित गरेको विरोधमा कर्मचारी युनियनको आपत्ति

लमजुङ । आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन लमजुङले घोर आपत्ति जनाएको छ।

प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल निजामती कर्मचारी युनियन लमजुङले ज्ञापनपत्र बुझाउँदै विरोध गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) लमजुङका अध्यक्ष विष्णुहरी न्यौपानेको नेतृत्वमो प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाइएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गरेको भन्दै गम्भीर आपत्ति जनाईएको छ ।

ज्ञापनपत्रमा मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्थामा सरकारले एकाएक कसैसँग पनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गरेर विधिको शासन र लोकतन्त्रमाथि खिल्ली उडाएको आरोप लगाईएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने र अहिलेको समितिलाई वैशाखसम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघि असोज २४ गते निर्वाचन तयगरी जिल्ला/जिल्लामा कार्यालय समेत स्थापनागरी काम अघि बढाईएको थियो ।

ट्रेड युनियनको कानुनी कार्यकाल समाप्त भै सकेको अवस्थामा तुरुन्त निर्वाचन प्रकृया सुचारु गरी निर्वाचन मार्फत नै आधिकारिक ट्रेड युनियनको गठन गर्न युनियन (संघ) ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।

कमेन्टहरु
Loading...