कोरोनाका कारण भारतमा एकै दिनमा १ हजार १ सय ४१ जनाको मृत्यु

एजेन्सी । भारतमा कोराना भाइरसबाट संक्रमित भएका मध्ये एकै दिनमा १ हजार १ सय ४१ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ संक्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५ सय ७१ जना संक्रमित भएका हुन् ।

कुल संक्रमितमध्ये अहिले ९ लाख ७० हजार १ सय १६ जना मात्रै सक्रिय संक्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित भएका मध्ये ४७ लाख ५६ हजार १ सय ६५ जना संक्रमणमुक्त भएका छन् भने ९२ हजार २ सय ९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा अहिलेसम्म ६ करोड ८९ लाख २८ हजार ४ सय ४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । रासस

कमेन्टहरु
Loading...