गण्डकी प्रदेशमा कोरोनाबाट थप १ को ज्यान गयो, पोखरामा ६ जना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । तनहुँको आँबुखैरेनी ३ का ३९ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । भदौ २९ गते चितवनको चितवन मेडिकल कलेजमा भर्ना भएका उनको बिहीबार दिउँसो १ बजेर ५५ मा ज्यान गएको हो । उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सख्ंया ३३ पुगेको छ ।

आज पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महानगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय पुरुष, वडा नम्बर ६ का ४८ वर्षीय महिला तथा ४६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा ८ का १९ तथा ३९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा १७ का २८ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

यस्तै लमजुङका थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय तथा वडा नम्बर ५ का ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६ सय १२ पुगेको छ ।

कमेन्टहरु
Loading...