गन्थन डेस्क
जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक स्थानहरूमा भिडभाड, भेला जमघट, मेला महोत्सव नगर्न सरोकारवाला तथा सर्वसाधारणलाई पुन अपील गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बिहीबार एक सूचना जारी गदै प्रशासन कार्यालयले उक्त अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा कोरोना भाइरस सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा धर्म, संस्कृति, तथा सांस्कृतिक कार्यक्रमहरु नगर्न आग्रह गरिएको छ ।
‘यसरी सार्वजनिक सुचना गरेर मासिहरु भेला हुने कार्य निषेध गरेपनि केही सरकारी एवम् गैर सरकारी संस्थाले साधारणसभा लगायतका भिडभाडजन्य कार्यक्रमहरुको आयोजना गर्न लागेको हुनाले यस प्रकारको कार्य अर्को सूचना नआइन्जेल नगर्न आग्रह गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले कानुन विज्ञप्तिमा यदि कोही कानुन विपरित गए संक्रकामक रोग ऐन, २०२० उवम् अन्य प्रचलित कानुन बमोजिम कार्वाहि हुने चेतावनी दिएको छ ।