उमेदबार पौडेल मत माग्दै वडा नं.१० र १५ मा

पोखरा, २८ कात्तिक। नेपाली काँग्रेस क्षेत्र नं.२ कि उमेदबार शारदा पौडेल मतदाताहरु सग मत माग्न पोखराको वडा नं.१० र १५ मा पुगेकी छन् ।
निर्वाचन परिचालन कमिटि क्षेत्र नं.२ ले बिहिबार आयोजना गरेको घरदैलो कार्यक्रममा मत माग्दै पौडेल उक्त वडाहरुमा पुगेकी हुन् ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका पूर्व संसाद प्रकाशबहादुर गुरुङ, महिला संघकी केन्द्रिय सदस्य आनन्दी राणा, महासमिति सदस्य निर्मल कर्मचार्य, महाधिवेश प्रतिनिधी गुरु बराल, क्षेत्रीय सभापति माधव बास्तोला मधु, कास्कीका सहसचिव मुकुन्द बास्तोला ज्वाला, क्षेत्रीय सचिव कृष्णप्रसाद कोइराला, वडा नं.१० का ईकाई सभापति विष्णु तिमिल्सिना, वडा नं.१५ का ईकाइ सभापति टोपबहादुर थापा, क्या.फत्तबहादुर गुरुङ सहभागि भएका थिए ।

उक्त घरदैलो कार्यक्रममा नागरिक विकास समाजको आयोजनामा कोण सभा समेत सम्पन्न भएको छ भने विरेन्द्रचोकमा समेत कोण सभा गरिएको निर्वाचन परिचालन कमिटिले जनाएको छ । वडा नं.१० मा घरदैलो कार्यक्रमको नेतृत्व क्या.फत्तबहादुर गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै पूर्व संसाद प्रकशबहादुर गुरुङले लोकतान्त्रि संविधान निर्माण गर्नका लागि काँग्रेसको विकल्प नभएको बताए । उनले अवको संविधान सभाको चुनामा काँग्रेसको दुई तिहाई बहुमत आउने बताए । उमेदबार शारदा पौडेलले नेपाली काँग्रेस सवैको मन मुटुमा छाएको हुनाले पनि अहिलेको चुनावमा काँग्रेस विजयी हुने बताईन् ।

कमेन्टहरु
Loading...