नेकपा–माओवादी कास्कीको जिल्ला सम्मेलन शुरु

पोखरा, २५ मंसिर/ नेकपा माओवादी कास्कीको जिल्ला सम्मेलन सोमबार भएको छ ।सम्मेलनमा दुई सय ४० प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेका छन् । नेकपा–माओवादीले छुट्याएको तमुवान राज्यमा पर्ने कास्कीको सम्मेलनबाट तमुवान राज्य समितिको सम्मेलनका लागि प्रनिनिधि र पर्यवेक्षकहरु छनौट गर्दै सोमबार सम्पन्न भएको हो ।

सम्मेलनमा सहभागीहरुलाई नौ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा छलफल गरी सम्मेलनमा पार्टीको नीति र आगामी कार्यदिशाबारे कार्यकर्तालाई प्रशिक्षण समेत दिइएको थियो ।
सोमबारसम्म चलेको सम्मेलनले आसन्न पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान, नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल गरी सुझाव पेश ग¥यो । त्यसका लागि ९ वटा समूह बनाइ समूहबाट छलफलबाट सुझाबहरु पेश गरिएको छ । जसमा समूह एकदेखि नौसम्म क्रमशः पूर्णजीत पुन “उभार”, सुधीर क्षेत्री, सूर्य खड्का, जगन तिवारी, अर्जुन छन्त्याल, सुजन विक, मोहन न्यौपाने, देवाखर भट्टराई “दिवाकर” र परशुराम कोइराला संयोजक रहेका थिए ।

आइतबारदेखि पोखरामा शुरु भएको सम्मेलनमा पार्टीका दस्ताबेजहरुको विषयमा नेकपा–माओवादी पश्चिमाञ्चल ब्यूरो ईन्चार्ज इन्द्रमोहन सिग्देल ‘बसन्त’ले अहिले नेपाली शासकहरुमा विदेशीको छाँया देखिएको विचार व्यक्त गरे । उनले सुगौली सन्धिपछि नेपालको अर्धऔपनिवेशिक हुँदै हाल नवअ‍ौपनिवेशिक चरणमा गुज्रिई रहेको दाबी गरे ।
सम्मेलनलाई सम्बोधन गर्दै उनले एमाओवादीले क्रान्तिलाई विसर्जन गर्न लागेकोले विद्रोह गरेको बताए । उनले भने–‘जनयुद्धको जगमा नेकपा–माओवादीले समाजवादी क्रान्तिलाई पूरा गर्छ ।’
सम्मेलनमा नेकपा–माओवादी तमुवानका ईन्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’ले अब संविधानसभाको नयाँ निर्वाचन परिवर्तनको मार्गचित्र बन्न नसक्ने विचार व्यक्त गरे । उनले भने–‘यो डेटएक्पाएर’ भईसक्यो । कार्यक्रममा उनले पार्टीको खाका, उद्देश्य र संघर्षका स्वरुपहरुको महाधिवेशनबाट निक्र्याेल गरी समाजवादी क्रान्ति सम्पन्न गरी छाड्ने दाबी गरे ।

पार्टीका कास्की जिल्ला इञ्चार्ज सावित्री दुरा “आस्था”को अध्यक्षतामा शुरू सम्मेलनमा सेक्रेटरी कृष्ण वाग्ले “रूपेश”ले सञ्चालन गरेका थिए भने दुइ नं. कमाण्डका इञ्चार्ज पूर्णजीत पुन “उभार”ले स्वागत मन्तव्य राखेका थिए । सम्पन्न सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एव तमुवान राज्य समिति सेक्रेटरी यशोदा सुवेदी “प्रभा” सह–सेक्रेटरी हरी चुमान अजित लगायत तमुवान राज्य समिति तथा जिल्ला समितिका सल्लाहकारहरूको समेत उपस्थिति थियो ।

कमेन्टहरु
Loading...