काँग्रेस दुई तिहाई वहुमतको नजिकमा पुगेको छः गुरुङ

पोखरा, २८ कात्तिक। नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपाली काँग्रेस दुई तिहाई वहुमतको नजिकमा पुगेको दावि गरेका छन् ।
नेपाली काँग्रेस वडा नं.८ ईकाई समितिले बिहिबार आयोजना गरेको चुनावी सभामा बोल्दै उनले काँग्रेसको देशभर जनलहर आएकोले पनि काँग्रेस दुई तिहाई बहुमतको नजिकमा पुगेको उनको दावि थियो ।म देश भर चुनावी सभालाई सम्वोधन गर्न जाने क्रममा एमाओवादी र एमालेका काँग्रेसमा प्रवेश गर्न लहर बढेर क्युनिष्टहरुको लाल किल्ला ढल्दै गएको छ उनले भने–यस अर्थले पनि काँग्रेस दुई तिहाई बहुमतको नजिकमा नै पुगेको छ ।काँग्रेस ठुलो पार्टीको रुपमा स्थापित हुनेमा कुनै संका नभएको उनको भनाई थियो । हिजो एमाओवादी वन्दुकको चा·मा उभिएर अग्लो पार्टी भएको हो उनले भने– अहिले एमाओवादीका लडाकु र वन्दुक निकालेपछि एमाओवादी अव सभैभन्दा फुच्चे पार्टी हुने छ । उनले एमाओवादीलाई उसको उद्घम थलो रोल्पाबाट नै विरोध गरेकोले एमाओवादीका प्रचण्ड अत्तालिएर मधेश तिर झरेको बताए । उनले एमाओवादी र एमालेले मुलुको भाग्य लुट्ने काम गरेकोले त्यसको हिसाव किताव अव जनताले मंसिर ४ गते दिने ठोकुवा गरे ।

कम्युनिष्टहरुले नै देशमा एकल जातिय आधार राज्य दिने खोजेर जातिय द्धन्द्ध निम्त्याउन खोजेको उनको आरोप थियो । उनले नेपालमा कुनै पनि क्षेत्रमा कुनै पनि जातको बाहुल्यता नभएकोले पनि एकल जातिय आधारमा राज्य बनाउन नहुने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा समानुपातिक उमेदबार शुक्रराज शर्माले एमाओवादीलाई भोट होईन अव जवाफ माग्नु पर्ने बेला आएको बताए । एमाओवादीले जनतालाई धेरै झुक्याएको छ त्यसको जवाफ माग्नु पर्ने बेला आएको छ– उनले भने ।

उनले क्युन्ष्टिहरु कहिले पनि लोकतान्त्रिवादी वन्न नसक्ने बताउदै लोकतन्त्रको नेतृत्व काँग्रेसले नै गर्ने दावि गरे । नेपाली काँग्रेस क्षेत्र नं.३ का उमेदबार सोभियतबहादुर अधिकारीले नेपाली काँग्रेसमा आएको जनलहरले आफु विजयी ¥यालीमा सहभागि भएको भान भएको बताए।
नेपाली काँग्रेसलाई भोट हाले आफुलाई अत्याधिक मतले जिताएर जनताको सेवा गर्ने मौका दिन उनले आग्रह गरे । कार्यक्रममा १५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनिहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ र क्षेत्र नं.३ का उमेदबार सोभियतबहादुर अधिकारीले टिका र खादा लगाएर काँग्रसमा प्रवेश गराएका थिए ।

कमेन्टहरु
Loading...