एमाले क्षेत्र न २ को घरदैलो १४, १५ र १२ सम्पन्न

पोखरा, कात्तिक २८/संविधान सभा निर्वाचन आउन अव पाँच दिन बाँकी रहदा एमाले कास्की क्षेत्र न २ ले घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । घरदैलो कार्यक्रम अन्र्तगत विहिबार पोखराको १४ र १५ वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उम्मेदवार कृष्ण थापा, समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी, चुडामणी जंगली, जगत विश्कर्मा, गजकुमारी गुरुङ, दिलु पन्त र क्षेत्र न २ का अध्यक्ष जीवन आर्चाय तथा सचिव पूर्ण लामा सहितको टोलीको सहभािगतामा घरदैलो कार्यक्रम गरेको एमालेले जनाएको छ ।यस्तै पोखरा १५ मा पनि प्रत्यक्ष उम्मेदवार कृष्ण थापा सहित समानुपातिक उम्मेवारको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलोमा पुग्नु भएका सवै उम्मेदवारलाई स्थानिय जनताले फुलमालाले भब्य स्वागत गदै एमालेलाई जिताउने प्रतिबद्धता ब्यक्त गरेको थिए ।
उम्मेदवार कृष्ण थापाले नेकपा एमालेको विजय विना देशले संविधान नपाउने भएकाले एमालेलाई जिताउन आग्रह गर्नुभयो । उहाँले सुर्य चिन्हमा रोजेर मतदान गर्न अनुरोध गदै पोखरा १४ र १५ का जनताको घरघरमा पुग्नु भएको हो ।

त्यस्तै आजै पोखरा १२ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रमा एमालेका प्रत्यक्ष तर्फका उम्मेदवार सहितको टोलीले घरदैलो गरेको हो । घरदैलोमा पुगेका उम्मेदवारलाई स्थानिय जनताले भब्य स्वागत गदै विजयको शुभकामना दिएका थिए । त्यस्तै एमाले क्षेत्र न २ को आयोजनामा बृहत मोटरसाइलक र्याली सम्पन्न भएको छ । पोखराको टुडिखेलबाट सुरु भएको मोटरसाइकल र्यालीले क्षेत्र न २ भित्र पार्ने ठाँउको परिक्रमा गरि बृद्धचोकमा पुगेर सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...