अन्य दलको घेरँबन्दीले काम गर्न सकिएन ः प्रचण्ड

लोकराज भण्डारी
स्याङ्जा, २८ कार्तिक/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले का“ग्रेस र एमाले सहितका दलको घेराबन्दीमा परेकाले आफूहरुले अपेक्षाकृत काम गर्न नसकेको बताएका छन् । एमाओवादीको नारा अनुसार काम गर्न मंसिर ४ मा हुने निर्वाचनमा दुईतिहाई मत दिन मतदातास“गले उनले आग्रह गरे ।

prachanda (1)“पहिलो संविधानसभाको निर्वाचनपछि माओवादीको नेतृत्वमा सरकार बनेपनि जनयुद्धका समयमा उठाएका मुद्दाहरु सम्बोधन गर्न सकिएन् ।” एमाओवादीले स्याङ्जा सदरमुकाममा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाओवादीको जित विना निकास नआउने बताए । ०६४ को संविधानसभा निर्वाचनपछि बनेको एमाओवादीको सरकारबाट जनताले केहि आशा गरेको थिए । अध्यक्ष दाहालले भने, “ अल्पमतमा बनेको सरकारले एकलौटी रुपमा काम गर्न नसक्दा आफूहरु केहि गर्न नसकेको जस्तो देखिएको हो ।” बहुमत दिएमा सबै मुद्दा सम्बोधन गर्ने उनले प्रतिवद्धता जनाए ।

“नेपाली का“ग्रेसको नीति तथा कार्यक्रम बुढो भएर ढलेको रुख जस्तै भएको छ ।” अध्यक्ष दाहालले भने, “का“ग्रेस भन्दा कमजोर रहेको नेकपा एमालेको न नीति छ न कार्यक्रम उत तेस्रो लिङ्गी सरह नै भएको छ ।” ठूला राजनीतिक दलहरु मध्ये एकीकृत नेकपा माओवादीले जिल्लामा पहिलो पटक आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरुले अगाडी सारेको संविधान र संघीयताको संरचना लागु गर्न सकेको खण्डमा नेपाल ५ वर्षभित्रमा सम्बृद्ध देश बन्ने ठोकुवा गरे ।

कमेन्टहरु
Loading...