पन्ध्रौ सडक महोत्सव पौष १३ देखि १७ सम्म

संयोजकमा बलराम पहारी
पोखरा, २८ कात्तिक /रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल ( रेवान ) पोखराले वर्षेनी आयोजना गर्दै आएको सडक महोत्सवको १५ औं संस्करण आगामी पौष १३ देखि १७ गते सम्म हुने भएको छ । रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईको अध्यक्षतामा बसेको बैठकले महोत्सव संयोजकमा निवर्तमान अध्यक्ष बलराम पहारीलाई चयन गरेको छ । बैठकले पहारीको संयोजकत्वमा विभिन्न उप–समितिपनि गठन गरेको छ ।महोत्सवको सह–संयोजकमा रेवान पोखराका कार्यसमिति सदस्य भिमसेन भुजेल र विष्णुबहादुर बानियाँलाई चयन गरेको छ । त्यसैगरि प्रचार–प्रसार समिति संयोजकमा महासचिव लक्ष्मण बराल, आर्थिक समिति संयोजकमा कोषाध्यक्ष विश्वराज पौडेल, जनसम्पर्क समिति संयोजकमा गोपीबहादुर भट्टराई तथा महोत्सव प्याकेज समिति संयोजकमा सूर्यबहादुर भुजेललाई चयन गरेको छ ।

बसुन्धरा पार्कदेखि खहरे सम्म झण्डै साढे तीनकिलोमिटर क्षेत्रमा हुने महोत्सवको अनुगमन तथा व्यवस्थापन समिति संयोजकमा सल्लाहकारद्धय गणेशबहादुर भट्टराई र श्रीलाल सुवेदीलाई चयन गरिएको छ भने महोत्सव सुरक्षा समिति संयोजकमा नरेशबहादुर भट्टराई, साँस्कृतीक समिति संयोजकमा उपाध्यक्ष चौबहादुर गुरुङ्ग र सदस्य दोर्जे लामालाई चयन गरिएको छ । खेलकुद, ब्यानर तथा बाटो सजावट समिति संयोजकमा ज्याक तामाङ्ग र राजन पौडेल, स्टल तथा स्टेज व्यवस्थापन समिति संयोजकमा विष्णु बानियाँ, लोक तथा दोहोरी गित संयोजकमा भिमसेन भुजेल, बालउद्यान संयोजकमा सचिव निरञ्जन ढकाल चयन भएका छन ।

यातायात तथा पार्किङ्ग व्यवस्थापन मितेरी क्लव र लेकसाइड पिस क्लवले गर्नेछन् भने होटल व्यवस्थापन समिति संयोजकमा भरतराज पराजुली, वातावरण तथा फोहोर मैला व्यवस्थापनमा कामना गुरुङ्ग, आपतकालिन तथा स्वास्थ्य सेवा संयोजकमा भिष्म पौडेल, इभेण्ट म्यानेज्मेण्ट संयोजकमा समितिका सह–कोषाध्यक्ष योगेशबहादुर भट्टराई, पास तथा कुपन व्यवस्थापन समिति संयोजकमा द्धितिय उपाध्यक्ष बसन्त गौतमलाई चयन गरिएको रेवान पोखराले जनाएको छ ।

कमेन्टहरु
Loading...