तिनाउ र नारायणी नदीमा बाढीले खतराको तह नाघ्यो

काठमाडौं । तिनाउ र नारायणी नदीमा बाढीले खतराको तह पारेको छ । तिनाउ नदीमा ५।२ मिटरसम्म सतर्कताको तह र ५।६ मिटरसम्म खतराको तह मानिन्छ । आज बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको जलसतह ५।७१ मिटर पुगेको छ ।  यद्यपि यो सतह घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदीको बाढीले पनि सतर्कताको तह पार गरेको छ । डण्डा, गैंडाकोट, डेढगाउँ र कल्याणपुर क्षेत्रमा भारी वर्षा भएको छ । त्यसैले चितवन, नवलपरासी लगायतका तटीय क्षेत्रमा पनि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ ।

यसअघि नै बाढी सूचना केन्द्रले बाढी आउने पूर्वानुमान गर्दै ११ गतेसम्म तटीय क्षेत्रमा नजान आग्रह गरेको थियो ।

कमेन्टहरु
Loading...