सुतली बम सहित ५ जना माओवादी कार्यकर्ता पक्राउ

लोकराज भण्डारी
स्याङ्जा, २८ कार्तिक/निर्वाचनको बहिष्कारमा उत्रिएको नेकपा–माओवादीका ५ जना कार्यकर्ता एक थान सुतली बम सहित स्याङ्जाको सेतीदोभानबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक आभूषण तिम्सिनका अनुसार पक्राउ पर्नेहरुमा तमुवान राज्य समिति सचिवालय सदस्य एवं स्याङ्जा क्षेत्र नं १ का क्षेत्रीय इन्चार्ज खीमकुमार विक, राज्य समितिहरु सदस्य विनोद सुनाम, तीलबहादुर गुरुङ, नन्दकुमार थापा र जिल्ला सदस्य प्रेम अधिकारी रहेका छन् ।

उनीहरुमध्ये विकको साथबाट एक थान सुतली बम, सानो ठूलो डायरी ४ थान, नगद रु २५०, काँटीलगायतका सामग्री बरामद गरेको छ । उनीहरुले गतः मंगलबार र बुधबार भएको दुई ओटा मोटरसाइकल आगजनी र ट्याक्सी तोडफोड गरेको समेत प्रहरीले आरोप लगाएको छ ।

पक्राउ परेका सबैले आँफुहरुलाई प्रहरीले षड्यन्त्रपूर्वक झुठा मुद्धा लगाएर फसाउन खोजेको बताएका छन् । उनीहरुले पार्टीको केन्द्रीय सर्कुलर अनुसार आँफुहरु चुनाव बहिष्कारको अभियानमा मात्रै हिडेको दाबी समेत गरेका छन् ।

कमेन्टहरु
Loading...