पोखरा/पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५७९ पुगेको छ । पछिल्लो समयमा मात्र गण्डकी प्रदेशमा पोखराका ५ सहित ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्याङ्जाका ३,तनहुँका ११,बाग्लुङका ८ र पर्वतका ४ गरि ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
बुधबार पछिल्लो समय संक्रमित एक जना नेपाली सेना रहेको समेत निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अन्य संक्रमितहरु भने कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा रहेका थिए ।
२०८२ बैशाख १६ गते मंगलवार