विराटनगर । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।
बुढीगंगा गाँउपालिकास्थित अस्पतालमा झापा भद्रपुर ८ का ८६ वर्षीय बृद्धको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दियो ।
अस्पतालका अनुसार उनको उपचारका क्रममा बुधबार बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको हो। उनलाई भदौ ३ गते कोरोना भाइरससँग मिल्दो लक्षणसहित उपचारका लागि आइसीयूमा भर्ना गरिएको थियो ।
सोही दिन बिरामी बृद्धको स्वाब नमूना संकलन गरी पठाउँदा ५ गते रिपोर्ट पोजिटिभ आएको थियो।
यससँगै प्रदेश १ मा हालसम्म ५७ जना संक्रमितको मृत्यु भइसकेको छ। जसमा १७ महिला र ४० जना पुरुष रहेका छन्।