सरकारद्वारा आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय

काठमाडौं । सरकारले ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन राक्ने निर्णय गरेको हो । युनियनको निर्वाचन असोज २४ गतेका लागि तय भएको थियो । केही समय अगाडि प्रदेश २ का मुख्मन्त्री लालबाबु राउतले निर्वाचन रोक्न माग गरेका थिए । राउतले कोरोना भाइरस महामारीको समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएर निर्वाचन रोक्न अनुरोध गरेका थिए ।

कमेन्टहरु
Loading...