काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ । धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह र झण्डाबाटे निर्णय गरेको हो ।
पार्टीका अनुसार दल दर्ताका लागि केहीवेरमा निर्वाचन आयोगमा जाने भएको छ । यसअघि २४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । यद्यपि पार्टी एकीकरण भए पनि चुनाव चिन्हको विषयमा भने सहमति हुन सकेको थिएन ।
चुनाव चिन्हको बारेमा टुंगो लगाउन सोमबार पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।
पार्टीका अनुसार एकता महाधिवेशन आगामी वैशाख २५–२८ गते विषयमा पनि सहमति जुटेको छ ।