१६ औ आई.पि.एम. सञ्जाल बैठकद्धारा ११ वुदे घोषण पत्र जारी कृषकहरुमाझ रासायनिक मल सर्वसुलभ तरिकाले वितरण गर्नुपर्ने माग

पोखरा, २५ मङ्सिर/कारितास नेपाल आई.पि.एम. कार्यक्रम अन्तर्गत सोमबार सम्पन्न १६ औ आई.पि.एम. सञ्जाल बैठकले ११ वुदे घोषण पत्र जारी गरेको छ । भूमिहिन तथा सान कृषकहरुका लागि आई.पि एम कार्यक्रम अन्तर्गत मङ्सिर १९ गते देखि वसेको बैठकले उक्त घोषण पत्र जारि गरेको हो । घोषण पत्रमा छ वटा सरकार सग माग र पाँच वटा प्रतिवद्धता रहेको आईपिएम प्राविधिक शोभा आचार्यले जानकारी दिईन् ।

घोषणा पत्रमा कृषकले वालि लगाउने वेलामा हुनेको रासायनिमलको अभावलाई कृषकहरुमाझ सर्वसुलभ तरिकाले वितरण गर्नुपर्ने, भूमिहिन किसानका लागि सर्वसुलभ मल विउ कृषि औजार र कृषि ऋणको व्यवस्था गर्नु पर्ने, वजारमा पाहिने गुणस्तहिन विउ विजन तथा रासायनिक मलको गुणस्तर जाँच गरि त्यस्ता गुणस्तरहिन वस्तुको विक्रि वितरणमा रोक लगाउनु पर्ने रहेको छ ।

त्यसैगरि जलवायु परिवर्तनको सन्दर्भमा कृषि क्षेत्रमा उत्पादनमा असर पु¥याउने प्राकृतिक प्रकोपले उत्पादन हुने असरवारे कृषकहरुलाई ज्ञान सिपको वारे जानकारी दिदै राज्यले क्षतिपूर्तिको व्यवस्था मिलनउनु पर्ने, कृषकले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्नका लागि कृषि वजारको व्यवस्था गरिनुपर्ने र भूमिहिन तथा सान कृषकहरुकालागि कृषि पेशालाई पूर्ण व्यवसायिक बनाउनका लागि व्यवसायिक तालिम आर्थिक सहयोग र बजार व्यवसायमा विशेष जोड दिन सरकारसग माग गरिएको छ ।

कार्यक्रममा कारितास नेपालका कार्यवहाक कार्यकारी निर्देशक फादर पायस पेरुमानाले अन्नवालिको उत्पादन वढाउनका लागि कारितासले गाउ गाउमा पुगेर चेतना जगाउने काम गर्ने बताए । कार्यक्रममा कारितास नेपालका कार्यक्रम शाखा प्रमुख मणिन्द्र मल्लले कारितासले कृषकहरुलाई चेतना जगाउने काम गरेका बताए । जिल्ला कृषि विकास कार्यालय कास्कीका वालि संरक्षण अधिकृत धनबहादुर रानाले कृषकहरुको आयआर्जन र जिवन स्तर उकास्नका लागि यस कार्यले सहायोग गरेका बताए ।

कार्यक्रममा वर्ड नेपालका कार्यक्रम संयोजक जगन्नाथ पौडेल, कारितास नेपालका आईपिएम कार्यक्रम संयोजक तेज वस्नेतले कृषी क्षेत्रमा सरकारी लगाउनी बढाउनु पर्ने बताए । कार्यक्रममा भोजमाया चौधरी, टंक कट्टेल र पुष्पा मिश्रलाई सम्मान गरिएको थियो । सात दिन सम्म चलेको उक्त बैठकमा २४ जिल्लाका १९ वटा साझेदारी संस्थाका ४५ जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...