नेकपा एमालेद्धारा प्रतिबद्धतापत्रमा भएको गल्तीप्रति क्षमायाचना

पोखरा, २७ कात्र्तिक/नेकपा एमाले क्षेत्र न २ निर्वाचन परिचालन कमिटिले प्रकाशित गरेको प्रतिबद्धतापत्रमा केही बुदाप्रति खड्गी समुदायले जनाएको असहमती प्रति नेकपा एमालेले आफनो ध्यानआकृष्ट भएको जनाएको छ ।विगतदेखि नै खड्गी समुदाय लगायत सम्पूर्ण आदिबासी जनजाती समुदायसंग गहिरो भावनात्मक सम्वन्ध भएको पार्टी रहेको भन्दै नेकपा एमाले क्षेत्र न २ ले मंगलबार एक विज्ञप्ति जारी गदै प्राविधिक क्रुटीका कारण शब्द लेखनमा हुन पुगेको कमजोरीलाई सच्याउदै अगाडि बढने प्रतिबद्धता ब्यक्त गरेको छ । नेपाली क्रान्तिको नेतृत्व गदै सामाजिक परिवर्तनको पक्षमा दृढता पूर्वक क्रियाशिल रहेको बताउदै शब्द लेखनमा हुन पुगेको कमजोरी प्रति दुःख ब्यक्त गर्दछ क्षेत्रीय अध्यक्ष जीवन आर्चायद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।‘‘ उक्त शब्दका कारण यस समुदायको आत्मसम्मानमा ठेस पुगेको प्रति दुःख ब्यक्त गदै क्षमायाचना चाहन्छौ ।’

केही पार्टीका नेता कार्याकताहरु गलत नियतका साथ सामान्य प्राविधिक क्रुटिलाई विषय बनाएर समुदायविच गलत सन्देश प्रवाह गर्न खोजेको भन्दै २१ औ शताब्दीका सचेत न्यायपूर्ण जनसमुदायले यस तथ्यलाई हृदयङम गरि एमाले विरुद्ध हुन लागेको षडयन्त्रलाई चिर्न आग्रह समेत गरेको छ । नेकपा एमाले क्षेत्र न २ कास्की खड्गी माज लगायत सम्पूर्ण नेपाली जनताको पक्षमा दृढतापूर्वक क्रियाशिल रहने संकल्प साथ सूर्य चिन्हमा मतदान गरि एमालेलाई जिताउन समेत आग्रह विज्ञप्ति मार्फत गरिएको छ ।

कमेन्टहरु
Loading...