माछापुच्छ्रे ढाँडावासीलाई नेलम्बोको सहयोग

नेलम्बो नेपालले माछापुच्छ्रे –७, धम्पुस स्थित ढाँडावासीलाई स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामाग्रीहरु सहयोग गरेको छ।

कुल ७० घरपरिवारलाई प्रति घर एउटा हात धुने सावुन र कुल ३ सय ३० जना व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन् ९५ मास्क आइतवार  स्थानीय सिर्जना सांस्कृतिक परिवारलाई प्रदान गरेको हो। त्यस्तै संस्थाले ११ वटा डस्वीन पनि हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा वडा सदस्य कृष्णप्रसाद भण्डारीले यस विषम् परिस्थितिमा नेलम्बोले गरेको सहयोग महत्वपूर्ण रहेको जनाउँदै त्यसले जनचेतना अभिवृद्धिमा ठूलो टेवा पुग्ने बताए । उनले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह पनि गरे।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड-१९ को महामारीमा सवै जना एक जुट भएर लाग्नुपर्नेमा जोड दिर्दै सवैले सामाजिक दुरीलाई ख्याल गर्नुपर्ने औँल्याए ।,उनले अनिवार्य माक्स लगाउन, सावुन पानीले मिचीमिची हात धुन वा सेनिटाइजर लगाउन पनि आग्रह गरे।

परिवारले देखाएको सक्रियतालाई मनन् गदै भावि दिनमा पनि सहयोग र सहकार्य गर्न नेलम्बो तयार रहेको उनले स्पष्ट पारे।

स्थानीय देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारीले नेलम्बोले आफ्नो गाउँमा मात्र नभई अन्य ठाउँमा पनि गर्दै आएका कार्यक्रमको प्रशम्सा गरेका थिए।

कार्यक्रमका बीच नेलम्बोका अध्यक्ष देवकोटा, कार्यक्रम संयोजक डा.किसन कोइराला, हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटा लगायतले सिर्जना साँकृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

नेलम्बोले कुल ५६ हजार वरावरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिए।

कमेन्टहरु
Loading...