जनतालाई भोट भन्दा सुरक्षाकै चिन्ता ?

जनतालाई भोट भन्दा सुरक्षाकै चिन्ता ?प्रशासन भन्छ– ‘मतदाताको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्छौं’
हिमाल लम्साल
‘इच्छा भएर के गर्नु, घरमा जाने सुरक्षा नै छैन, भोट हाल्ने त रहर थियो नि ? सरकारले एउटा नेतालाई जस्तो सुरक्षा प्रदान गर्न सक्छ भने आफ्नो गाउँ–घरमा भोटिङ गर्न जान सकिन्छ, नत्र सकिदैन ।’ पोखरामा व्यापार व्यवसाय गर्दै आएका भिमेश्वर नगरपलिका वडा नं १० दोलखाका रामकृष्ण शर्माले भने ‘मतदाताको पनि ज्यू– धनको सुरक्षा नभए कसरी मतदान गर्ने त ?’ संविधानसभाको निर्वाचन आउन ६ दिन बाँकी रहदाँ जनताले भयरहित वातावरणमा मतदान गर्न पाइने हो या नपाइने दोधारमा नै छन् । त्यस्तैमा अझ नेकपा– माओवादी लगायतका ३३ दलीय मोर्चाले आब्हान गरेको यातायात बन्दले पनि मतदाताहरुलाई आफ्नो मतदान केन्द्र सम्म कसरी सुरक्षित वातावरणमा पुग्ने वातावरण नदेखिँदा मतदाताहरु अन्यौलमा परेका छन् ।

अन्य जिल्लाबाट पोखरामा पेशा, व्यवसाय तथा रोजगारीका लागी आएकाहरुलाई अहिले भोट भन्दा सुरक्षाकै चिन्ताले सताईरहेको छ । शर्मा भन्छ्न ‘भोट हाल्ने रहर त छ नी ?सुरक्षा कस्तो हुने त्यहि नै चिन्ता छ ।’ मतदाताहरुको यस्तो चिन्ता रहेपनि कास्कीका प्रमुख जिल्ला अधिकारी यादवराज कोइराला भने बेजिल्लाका मतदाताहरुलाई पूर्ण सुरक्षाको साथमा आफ्नो मतदान केन्द्र सम्म पु¥याउन सक्षम रहेको बताए । ‘हामीले मतदाताहरुलाई सुरक्षित वातावरणमा आफ्नो मतदानकेन्द्र सम्म लैजान सक्छौं ’कास्कीका प्रमुख जिल्ला अधिकारी कोइरालाले भने, ‘स्कर्टिङ गरेर भएपनि उनीहरुकै घरदैलोमा नै पुग्ने वातावरण बनाईदिन्छौ ढुक्क भई जान सक्नुहुनेछ ।’

प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार विभिन्न जिल्ला सँग समन्वय गरेर यात्रुलाई सुरक्षित वातावरणमा पु¥याइदिने हाम्रो दायित्व हो । लामा दुरीका सवारी साधन अझै चलेका छैनन् कसरी सुरक्षित तवरले घरमा पु¥याईदिनुहुन्छ ? भन्ने प्रश्नको उत्तर दिदै कोइराला भन्छन् ‘अहिले गाउँघर जाने यात्रु नै नभएर नचलेको हो । यात्रुहरुले हामी यत्ति संख्यामा छौं ? यो जिल्ला जाने हो सुरक्षा मिलाईदिनु प¥यो भनेर आए तत्कालै सुरक्षा प्रदान गरेर आफ्नो गन्तव्यमा पु¥याईदिन सक्षम छौं ।’ कोहीलाई सुरक्षाको चिन्ताले घर जान पाएका छैनन त कोहीलाई आर्थिक चपेटाले मतदान गर्ने अधिकार नै गुम्ने अवस्थामा छट्पटाईरहेका छन् । दैनिक गुजारा गरेर बल्लतल्ल धान्दै आएका धार्दिङ स्थायी घर भई पोखरामा भरिया व्यवसायी गर्दै आएका श्याम थापालाई आफू निर्वाचनमा घर जाँदा परिवार कसले पाल्ला ? भन्ने चिन्ता छ ।

भोट हाल्नकै घर गएमा महिना दिनमा कमाउने भन्दा पनि बढी खर्च हुने देखेपछि उनले नजाने निधो गरेका छन् । ‘भोट हाल्ने रहर भएपनि, परिवार त पाल्नै प¥र्यो’ थापा भन्छन्् ‘सन्तानको माया मारेर भोट हाल्न के जानु !’ मंसिर ४ गतेको चुनावले धेरैतिर उत्साह फैलिए पनि पोखरामा भरिया व्यवसायी गर्दै आएका थापा जस्ता धेरैलाई ‘हातमुख जोड्ने’ काम छाडेर भोट हाल्न जान पाउने स्थिति छैन । भोट हाल्ने भन्दा भोक मेटाउनु नै व्यापारीहरुको दैलोदैलोमा पुर्याउने व्यापारीहरुको लागि ठूलो कुरा बनेको छ । उम्मेदवारहरु भोट माग्न आउँदा गाउँ तिर पनि चुनावी माहोल चलेकै होला भन्ने लागेपनि उनीहरु पेट पाल्ने काम छाडेर भोट हाल्नकै लागि गाउँ फर्किने सक्ने अवस्थामा छैनन् ।

गास, बास र कपासको व्यवस्था धौधौका साथ मिलाएका र मिलाउन नसकेका त्यस्ता धेरै मजदुरहरुलाई भोट हाल्न पाउनु आङ्खनो अधिकार नै भएपनि उपभोग गर्ने दिन आउने भएन । आर्थिक अभावमा घरसम्म फकिर्न नपाएका निम्न आर्थिक स्तरका नागरिकहरुलाई न राज्यले ध्यान दिएको छ न उम्मेदवारहरुले नै । निर्वाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले मतदाता ढुक्क भई आआफ्नो मतदान केन्द्र सम्म मतदान गर्ने वातावरण मिलाएको बताउँछन् । ‘निर्वाचनको महोल अघि बढिसकेको छ । असुरक्षाको वातावरण छैन । सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले सुरक्षा दिन तयार रहेकोले मतदाताहरु ढुक्क भई आफ्नो मतदान केन्द्र सम्म सुरक्षित वातावरणमा नै पुग्नेछन् ।’ निर्वाचन कार्यालय कास्कीका प्रमुख भण्डारीले भने,‘मुलुक निर्वाचनमय भएको अवस्थामा ।

सुरक्षाको समस्या सिर्जना नै हुदैंन ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएकोले मतदाताको पूर्ण सुरक्षा ग्यारेन्टी हुने बताए । ‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न ठूलै कसरत गरेका छौं ।’ कास्की प्रहरी प्रवक्ता बास्ँतोलाले भने, ‘निर्वाचनलाई ध्यानमा राख्दै पोखरा तथा आसपासको क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।’ प्रहरी नायव उपरीक्षक बास्तोला भन्छन् ‘सुरक्षाको थ्रेट एरियाको पहिचान गरेर प्रहरी, सेना तथा सशस्त्र प्रहरी प्रशस्त परिचालन गरेका छौं । निर्वाचनमा हुने सम्भावित दुर्घटनालाई आँकलन गरेर सुरक्षा व्यवस्थामा कुनै कमी हुन दिएका छैनौ ।’ यातायात व्यवसायीहरुले सवारीसाधन चलाउँछन् भनेर आए पूर्ण सुरक्षाको व्यवस्था मिलाउने प्रवक्ता बास्तोलाको भनाई रहेको छ ।

कमेन्टहरु
Loading...