क्षेत्र नम्बर ३ प्रचार प्रसार तिव्र उम्मेदवार घरदैलो मै व्यस्त

पोखरा, २७ कात्तिक/संविधान सभा निर्वाचनको मिति नजिकिदै जादाँ नेपाली काङ्ग्रेस क्षेत्र नं ३ ले चुनावी प्रचारलाई तिव्र पारेको छ ।यसैक्रममा निर्वाचन परिचालन समिति क्षेत्र नं ३ ले काङ्ग्रेस उम्मेद्बार सोभियतबहादुर अधिकारीलाई विजयी गराउँन आग्रह गर्दै मङ््गलबार पोखरा १७ र ८ मा घरदैलो गरेको पुर्व क्षेत्रिय सभापति विरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो । घरदैलोका क्रममा पोखरा नगरको सिमलटुडा, छोरेपाटन, चालिसेचोक, प्रतिभामार्ग, तल्लो सिमलचौर लगायतका क्षेत्रमा गरिएको विजुक्छेले बताउनुभयो । उहाँले निर्वाचनको मिति आउन एक् साता बाँकी रहदाँ पोखरा नगर तथा गाविसहरुका धेरै जसो ठाँउहरुमा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको बताउदै छिटपुट रुपमा घरदैलो जारी रहेको उहाँले जानकारी दिनुभयो । 

घरदैलोका क्रममा विभिन्न वडामा पुगेका उम्मेदवार अधिकारीले टोलवासीलाई रुख चिह्नमा भोट गरि सहयोग गरिदिना आग्रह गर्नुभएको थियो । उहाँले विकास र शान्तीको प्रतिक कांग्रेस रहेको बताउदै कांग्रेसको जित अपारिहार्य रहेको बताउनुभएको थियो । घरदैलोमा पुगेका उम्मेदवार अधिकारी सहितको जिल्ला नेताहरुलाई स्थानियले भव्य स्वागत गरेका थिए ।

प्रचार प्रसार समितिले भोलि शुक्रबार पोखराको सिर्जनाचोकमा कोणसभा गर्ने बताएको छ । कोणसभालाई क्षेत्र नम्बर ३ का उम्मेदवार शोभियत बहादुर अधिकारी, केन्द्रिय सदस्य धनराज गुरुङ, लगायत जिल्ला तहका नेताहरुले सम्बोधन गर्ने बताएको छ ।

कमेन्टहरु
Loading...