पोखरा । गएराति शिशु जन्माएकी १ महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको छ । बाग्लुङको गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा ल्याइएको हो ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उनको अहिले गण्डकी अपस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिएका छन् । ‘राति शिशु जन्मिएपछि उच्च रक्तस्राव भयो, ज्यान नै जोखिममा पर्ने देखिएपछि हेलिकप्टरबाट पोखरा पु¥याइएको हो ।’ उनले भने । रासस