अमेरिकासँग नेपाल ५ विकेटले पराजित

पोखरा, २७ कात्तिक /ट्वान्टी-२० विश्वकप छनौट खेल्न युएइमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपाली टोलीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२९ रन बनाउँदै अमेरिकालाई १३० रनको लक्ष्य दिएको थियो।

जवाफमा अमेरिकाले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३६ रनको योगदान गरेका थिए। विनोद भण्डारी २२ र शरद भेषवाकरले २६ रन बनाएको खेलमा कप्तान पारस खड्का ६ रनमा नटआउट रहे। यसअघिको हिजो भएको अभ्यास खेलमा नेपालले युएईलाई पराजित गरेको थियो।

कमेन्टहरु
Loading...