अफगानिस्तानका २ जिल्लामा तालिवानको आक्रमण, ४ प्रहरीसहित २१ को मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्तका २ जिल्लामा तालिवानका लडाकूले भीषण हमला गरेका छन् । तालिवानी सशस्त्र लडाकूले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौं स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा परी १७ जना तालिवानी लडाकू नै मारिएका बताइएको छ । त्यसमा परी चार४ जना प्रहरी मारिएका छन् । आइतबार बिहान ती २ जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ ।

सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन् । हमलाका क्रममा ४ जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ । सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको १ सहरमा अरु ७ जना मारिएका बताइएको छ । उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । यस क्रममा १० जना तालिवान लडाकू र अरु ७ जना प्रहरी घाइते भएका बताइएको छ ।

हालैमात्र अफगान सरकार र त्यहाँका ताविलानहरुबीच कतारको राजधानी दोहामा शान्ति वार्ता सुरु भएको छ । तर पनि उता वार्ता जारी नै रहेका बेला यता तालिवानले भने आक्रमण सुरु गरेका छन् । तर पनि यस विषयमा तालिवानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन । रासस

कमेन्टहरु
Loading...