मेलामा सहभागिता बढ्दो, करिब २ करोड १० लाखको कारोबार

पोखरा, २५ मंसिर/पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दर्शकहरुको चाप बढ्दै गएको छ । मेलाको पाँचौ दिनसम्म ८६ हजारले मेला हेरे भने करीव ६ करोड १० लाखको कारोवार भएको छ । यता सोमबार मात्रै करीब १५ हजार जनाले मेलाको अवलोकन गरेको र २ करोड १० लाख भन्दा बढीको कारोवार भएको आयोजकले जानकारी दिएका छन् । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित पोखरामा जारी मेलामा अटो, दैनिक उपभोग्यवस्तु, सूचना प्रविधी तथा सेवा, रेष्टुरेण्ट हस्तकला, पुष्प लगायतका २ सय ६७ वटा स्टल रहेका छन् ।

मेलामा मित्रराष्ट्र चीनमा उत्पादित सामाग्रीहरु प्रदर्शनको लागि चाइनिज पेभेलियनको ब्यवस्था गरिएको छ भने पाकिस्तानमा उत्पादित छाला तथा अन्य सामाग्रीहरु पनि मेलाको आकर्षण बनेका छन् । मेलामा घरायसी सामानदेखि विद्युतीय उपकरण र गाडीसम्म रहेका छन् । सामान र सेवा हेरी ५ देखि ५० प्रतिशत तथा सामान हेरी ५० रुपैयाँदेखि २ लाखसम्मको छुट । मेलामा आउने ग्राहकलाई लक्षित गरी उत्पादक तथा सेवा प्रदायक कम्पनीहरुले विशेष छुटको व्यवस्था गरेकोले मेलामा छुटको दिएका छन् । अटोमोवाइल्स समूहमा सबैभन्दा बढी छुटको ब्यवस्था गरिएको छ ।

पाकिस्तानमा बनेका छालाका कपडा तथा हस्तकला, पोखरामै उत्पादित मस्यौरा र गुन्द्रुक, विभिन्न जिल्लामा उत्पादित कफी, च्याउ, सौन्दर्य प्रशाधन, सामसुङ जस्तो विश्वप्रसिद्ध कम्पनीका उत्पादनबारे जानकारी लिनको मेलामा पुगेका छन् । मेला आफ्नो ब्राण्डबारे जानकारी दिने थलो पनि भएको छ ’मेला आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले भन,े ‘ एउटै प्रकृतिका फरक सामान एकै ठाउँमा छन् ।

मेलामा मनोरञ्जन चाहनेलाई लोकदोहोरी, विद्यालयस्तरीय आधुनिक नृत्य प्रतियोगिता, हाँस्यब्यंग्यात्मक कार्यक्रम, पप तथा आधुनिक गीतहरु समावेश गरिएको छ । हरेक दिन नयाँ र नाम चलेका कलाकारको प्रस्तुतिले पनि मेलालाई ओजिलो बनाएको संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापाले दावी गरे । साँस्कृतिक उपसमितिका संयोजक दामु अधिकारीका अनुसार मंगलबार पनि मेलालाई थप मनोरञ्जनात्मक बनाउन पप गायक शिव परियार तथा लोकदोहोरी गायक राधिका हमाल एवं हाँस्य कलाकार श्रीथापा‘ लाहुरे’ र गोपाल ढकाल‘ छन्दे’ लगायतका कलाकाहरुले मनोरञ्जन दिने छन् ।

कमेन्टहरु
Loading...