संविधान निर्माण र विकासका लागि एमालेलाई भोट ः गिरी

पोखरा, २५ कार्तिक/एमालेको निती एमालेकै नेतृत्व मुल नाराका साथ निर्वाचनमा होमिएको नेकपा एमाले क्षेत्र नम्बर चार कास्कीले प्रचार प्रसारलाई आक्रामक ढंगले अगाडि बडाएको छ । निर्वाचनको मिति नजिकीदै गर्दा एमाले क्षेत्र नम्बर चारका प्रत्यक्ष तर्फका उमेद्वार सीता गिरी सहितको टोलिले यतिबेला कोणसभा, घरदैलो र प्रचारत्मक ¥याली प्रदर्शन लाई तिव्रता दिएको हो । सोमबार कास्कीको भदौरेमा प्रचारात्मक ¥याली सहित घरदैलो र मतदाता भेटघाटका साथमा कोणसभाहरु सम्पन्न भएका छन् ।

भदौरेको सिदानेमा भएको कोणसभामा बोल्दै उमेद्वार गिरीले स्थानीय आमा दिदि बहिनी र दाजुभाईको आत्मिय मायाँ र संविधान निर्माण सहित विकास प्रतिको चाहनाका कारण अव आफ्नो जित निस्चित रहेको वताइन् ।संविधान निर्माण र समग्र देशलाई निकास दिन सक्ने पार्टी नेकपा एमाले मात्र रहेको कुरा अव सवैले महसुस गरिसकेको उनको भनाई थियो । कोणसभालाई नेकपा एमाले जिल्ला कमिटी सदस्य दाम बहादुर विक र स्थानीय जनहित युवा क्लवका अध्यक्ष मन बहादुर विकले सम्बोधन गर्दै निर्वाचनमा प्रत्यक मतको उत्तिकै महत्व हुने हुँदा चनाखो भएर एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

त्यस्तै भादौरेको तल्लो सिदानेमा पनि कोणसभा सम्पन्न भएको छ । कोणसभालाई उमेद्वार गिरीले सम्बोधन गरेकी थिइन् । सो कोणसभा भदौरे गाऊँ कमिटीका अध्यक्ष चेत बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा स्थानी दलित आमा समुहका महिलाहरुको उल्लेख्य सहभागिता रहेको एमाले क्षेत्र नम्बर चारका कार्यालय सचिव हरी लम्सालले जानकारी दिए ।

कमेन्टहरु
Loading...