सर्लाहीको मंगलवामा २ समुदायबीच झडप भएपछि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लागू

सर्लाही । विश्वकर्माको मुर्ति विर्सजन गर्ने विषयमा २ समुदायबीच दोहोरो झडप हुँदा सर्लाही सदरमुकाम मंगलवामा आज दिउँसो २ बजेबाट भोलि आइतबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु जारी गरिएको छ ।

मुर्ति विर्सजनका लागि नजिकैको पोखरीमा लैजाने क्रममा मंगलवा २ विश्वकर्माचोकमा हिजो हिन्दू तथा मुस्लिम समुदायबीच झडप हुँदा केही व्यक्ति घाइते समेत भएका थिए ।

दोहोरो झडपका विषयमा आज दुवै समुदाय फरक–फरक स्थानमा जम्मा भएर विवाद गर्न खोजेपछि स्थानीय प्रशासनले भोलि बिहान ८ बजेसम्मका लागि कफ्र्यु लागू गर्ने घोषणा गरेको हो ।

कमेन्टहरु
Loading...