‘कोभिड १९’ बाट विश्वमा संक्रमितको संख्या ३ करोड ७ लाख नाघ्यो

एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या ९ लाख ५६ हजार नाघेको सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड २३ लाख ४१ हजार ५ सय ७८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, २५ हजार ९ सय ४१ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ३ हजार १ सय ७१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख नाघेको छ । ब्राजिलमा १ लाख ३५ हजार ८ सय ५७ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८५ हजार ६ सय २५ जनाको मृत्यु भएको छ । रुस १० लाख ९१ हजार १ सय ८६ संक्रमित सहित चौथो स्थानमा छ भने पाँचौं स्थानमा रहेको पेरुमा ७ लाख ५६ हजार ४ सय १२ व्यक्ति संक्रमित रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ । रासस

कमेन्टहरु
Loading...