कोरोना महामारीमा आफ्नो पक्षमा प्रर्दशन नर्गन विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक घिसिङको आग्रह

काठमाडौं । कोरोना भाइरसको महामारीका बीचमा समेत आफ्नो पक्षमा सडकमा प्रदर्शन तथा भीडभाड हुन थालेपछि त्यस्तो नर्गन नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले जनस्तरलाई आग्रह गरेका छन् ।

भीडभाड तथा प्रर्दशन हुँदा कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै उनले सडकमा भीभाड तथा प्रर्दशन नर्गन आग्रह गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने अधिकार सरकारको भएको र आवश्यक निर्णय सरकारले नै गर्ने बताउँदै उनले प्राधिकरणको नेतृत्वको निरन्तरता र परिवर्तन स्वभाविक प्रक्रिया भएको बताएका छन् ।

घिसिङ आफ्नो ४ वर्षे कार्यकाल सक्किएर केही दिन अगाडि बिदा भएका थिए । आफ्नो ४ वर्षको कार्यकालमा नेपालमा १८ घण्टासम्म भइरहेको लोडसेडिङलाई हटाएपछि उनी आम नागरिकका बीच लोकप्रिय बनेका छन् ।

कमेन्टहरु
Loading...