लमजुङमा धातु देखाएर ठगी गर्ने २ युवक पक्राउ

लमजुङ । लमजुङ प्रहरीले बहुमुल्य धातु भनी सिक्का देखाएर ठगी गर्ने २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ घर बताउने ३६ वर्षका विजय लामा र स्याङ्जा पुतलीबजार नगरपालिका–६ घर भएका २८ वर्षका उत्तम थापा रहेका छन् ।

उनीहरुले गत भदौ ८ गते बिहान लमजुङको मस्र्याङ्दी गाउँपालिका–१ घनपोखरा बस्ने ५६ बर्षकी विष्णुमाया गुरुङलाई बहुमुल्य धातु भनी सिक्का देखाएर १ लाख ५० हजार रकम ठगी गरी फरार रहेका थिए । ठगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध प्रहरीले ठगी सम्बन्धी कसुरमा मुद्दा चलाउने भएको छ । घटनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले भदौ ३१ गते बुधबार पोखरामा लुकुछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको लमजुङका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए । प्रनाउ थापाका अनुसार उनीहरुलाई १५ दिनको म्याद थप गरी ठगी मुद्धामा कारवाही अघि बढेको छ ।

कमेन्टहरु
Loading...