पोखरा विश्वविद्यालयका १ सहित पोखरामा १३ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरा विश्वविद्यालयमा कार्यरत १ जना चिकित्सक सहित पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा ४ का ३ पुरुष सहित १ महिला, वडा नम्बर ६ र ७ का का १÷१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा नम्बर ८ का ३ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर १२ का २ जना महिला, वडा नम्बर २७ तथा ३० का १/१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

आज नवलपरासीमा एकैपटक ३४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सबै देवचुली नगरपालिकाका हुन् ।

त्यस्तै स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

यता तनहुँमा ३ जनालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमित जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ६ का ३ जना पुरुष रहेका छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय २ पुगेको छ ।

कमेन्टहरु
Loading...