गन्थन डेस्क
छैठौं संविधान दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको बाटोमा अघि बढेको बताएका छन् ।
विकासको अवधारणामा मुलुक अघि बढेको भन्दै प्रम ओलीले सबै कुरा बिस्तारै अघि बढ्ने धारणा राखे । विकासको प्रसंगलाई मुसा मार्ने कामसँग जोडेका उनले मुसा मार्न कालो अथवा सेतो बिरालो नै हुनुपर्ने धारणाप्रति कटाक्ष गरेका हुन् ।
‘मूख्य कुरा मुसा मर्नु प¥यो, तर त्यसका लागि बिरालो सेतो वा कालै हुनु¥यो भन्ने मानसिकता गलत हो’ ओलीले भने । उनले सरकारको स्वास्थ्य पद्दतिमाथि आलोचना गर्नेलाईसमेत जवाफ दिए । ‘डिलमा बसेर कुरा काट्नेहरुलाई केही भन्नु छैन, सरकारले हरसम्भव प्रयास गरिरहेको छ ।’ पिसिआर परीक्षण बढाएको, आइसीयु, भेन्टिलेटर, आइसोलेशन सेन्टरको संख्या बढाएको उनले दाबी गरे ।
२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।