स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले गत आव २०७६÷७७ मा लक्ष्यको नजिकै अर्थात् ९३।५७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा रु चार करोड २१ लाख राजश्व सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।
नगरपालिकाले आव २०७६÷७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट रु। ८९ लाख ५९ हजार १५५ राजश्व सङ्कलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले रु एक करोड २० लाख राजश्व सङ्कलन गर्ने अनुमान गरेको थियो । नगरपालिकाले सिफारिस दस्तुरबाट रु ५३ लाख ५८ हजार ७ सय ९५, एकीकृत सम्पत्ति करबाट रु ४९ लाख १५ हजार ७ सय ९५, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु ४२ लाख ८७ हजार ४ सय ९४, नक्सापास दस्तुरबाट रु ३२ लाख ४९ हजार ६ सय ४५, घरबहाल करबाट रु ३० लाख ६६ हजार ४ सय ५३, अन्य प्रशासनिक सेवा शुल्क सरसफाइ बाट रु १९ लाख ७४ हजार ४ सय ७०, अन्य सेवा शुल्क तथा बिक्री ढुंगा, गिटी, बालुवा० को राजश्व बाँडफाँड भई प्राप्त भएको रु १८ लाख ५३ हजार ८ सय २० सङकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।
नगरपालिकाले आव २०७५÷७६ मा चार करोड १२ लाख ५५ हजार ७ सय ८७ राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा घरजग्गाको रजिष्ट्रेशनबाट रु। एक करोड १० लाख ७१ हजार ६ सय ४३, सिफारिस दस्तुरबाट रु ६२ लाख ७९ हजार ३ सय ४७, एकिकृत सम्पत्ति करबाट रु ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट रु ४३ लाख ५६ हजार घर बहालबाट रु ३४ लाख ९२ हजार २ सय ३४ र अन्य दस्तुरबाट रु ३० लाख २२ हजार राजश्व सङ्कलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए।
रासस