जनताले स्थानीय भनेर माया मान्दैनन्’

पोखरा, २४ कात्तिक/कास्कीको निर्वाचन क्षेत्र न.१ अन्तर्गत कालिका गाविसमा आइतबार एकीकृत माओवादीको सभा सम्पन्न भएको छ । गाविसको मैदानमा भएको कोणसभामा उम्मेदवार विष्णु पौडेलले जनताले स्थानीय भनेर भोट हाल्ने अवस्था अब नरहेको बताए । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले जनतालाई राजनीतिक रुपमा सचेत बनाइसकेको बताउँदै उनले कालिकाका मतदाताले अब मुलुकको लागि कुन पार्टीले योगदान दियो भन्ने आधारमा भोट हाल्ने बताए ।
एकीकृत माओवादीकै कारण गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताले मुर्तरुप पाएको उल्लेख गर्दै उम्मेदवार पौडेलले जनसंविधान र समृद्धिको लागि अब मुलुकले एमाओवादी नै चाहेको ठोकुवा गरे । कार्यक्रममा एकीकृत माओवादीकी केन्द्रीय सदस्य कञ्चन खनालले भ्रष्टाचार, अनियमितता गरिरहनेलाई मतदाताहरुले स्थानीय भनेर माया मान्नुपर्ने कुनै कारण नरहेको बताइन् ।

कमेन्टहरु
Loading...